कात्तिक २९ सुनसरी । सुनसरीमा इँटाभट्टाको पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
गढी गाउँपालिका–६ मा रहेको कोसी इँटा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका चार वर्षीय छोरा दीपु बरमड र मिथु बरमडका चार वर्षीय छोरा पियाउ बरमड छन् ।
आइतबार अपरान्ह ४ बजेको समयमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
.jpg)


