काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सोमबार देखि संचालन भएको भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले कार्तिक २९ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।
त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले संगठनलाई प्राप्त जिम्मेवारीमध्ये सीमा सुरक्षा एक महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्नुहुँदै राज्यद्धारा संगठनलाई प्राप्त विविध जिम्मेवारीहरु व्यवसायिक र कुशल ढंगले सम्पादनका लागि दक्ष जनशक्ति निर्माणका लागि संगठनले यस्ता विभिन्न व्यवसायिक तालिमहरु नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो
।
उहाँले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षणको दौरान प्रशिक्षार्थीहरुले आर्जन गरेका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै प्रशिक्षार्थी अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई समेत सिकाउँदै विभिन्न स्थानहरुमा खटिई राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्धार लगायतका कार्यसम्पादनको क्रममा चुस्त दुरुस्त रुपमा कृयाशिल रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ६ हप्ता अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २५ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३० जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सर सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना
सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा पाठेघरको क्यान्सर र त्यसबाट बच्ने उपाय सम्बन्धमा सोमबार नेपाल एपीएफ अस्पतालमा प्रशिक्षणको आयोजना गरेको छ । गत असोज १४ गते एक कार्यक्रमका बीच सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिला स्वाथ्य जाँच सम्बन्धि विविध कल्याणकारी योजनाको समुद्घाटन गर्नुभएको थियो ।
सो योजना अन्र्तगत कार्तिक २९ गते आयोजना गरेको तालिममा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले प्रशिक्षणमा सहभागी नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी स्वास्थ्यकर्मीहरुलाई पाठेघरको क्यान्सर, क्यान्सर हुनुपूर्व गरिने विभिन्न जाँच बारे प्रशिक्षण गर्नुभयो ।
सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षणमा डा. कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए.,भी.आई.एल.आई. जाँच, पाठेघर सम्बन्धि समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पार्नुभयो ।
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित गोरखा जिल्लाको बुङकोट ७ बस्ने २३ बर्षिय मनोज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट १० पत्ता, एभिल २३ वटा र लुपीजेसिक ७७ वटा फेला पारेको हो ।
पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगपालिका १५ स्थित नम्बर २ ढापबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित झापा जिल्लाको दमक नगरपालिका १ बस्ने २७ बर्षिय रोशन तामाङलाई पक्राउ गरेको छ
।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा एभिल ८ वटा, लुपिजेसिक ८ वटा, डाईजेपाम ८ वटा र फेनेरागन ८ वटा फेला पारेको हो । पक्राउ परेका तामाङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ स्थित अंकार टोलको एक घरबाट कार्तिक २८ गते सशस्त्र प्रहरीले करीव ४३ के.जि.गाँजा बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्धारा डिजेल बरामद
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वाईपास ईलाकाबाट कार्तिक २८ गते सशस्त्र प्रहरीले करीव १ लाख १२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको डिजेल बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त डिजेल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद डिजेल भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
.jpg)


