मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चाँदीका गहनासहित सशस्त्र प्रहरीद्वारा दुइ जना पक्राउ

एक्सप्रेस पाना
मंसिर १, २०७८ बुधबार
  • 480
    SHARES
  • चाँदीका गहनासहित सशस्त्र प्रहरीद्वारा दुइ जना पक्राउ

    मंसिर १ झापा ।  जिल्लाको मेचिनगर नगरपालिका ८ स्थित जोरसिमल ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ४० हजार रुपैयाँ बराबरको २ के.जी. १ सय ग्राम चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ बर्षिय बिशाल चौधरी र निशान सहनी छन् ।

    images

    प्रदेश १–०१–०१३ प ६६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलार्ई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मुल्य बराबरको उक्त चाँदी बरामद गरेको हो । त्यसवेला उनीहरु सवार उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद गरगहना तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको छ ।

    सशस्त्र प्रहरीद्धारा गाँजा बरामद
    बारा जिल्लाको पचरौता नगरपालिका ३ रामनगर ईलाकाबाट कार्तिक ३० गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासबाट खटिएको सशस्त्र प्रहरीले करीव ४० के.जी. गाँजा बरामद गरेको छ । त्यसवेला नेपालबाट अबैध रुपले भारततर्फ जाँदै गरेका ब्यक्तिहरुले गस्तिमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनीहरुले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त गाँजा फेला पारिएको हो ।

    images

    सशस्त्र प्रहरीद्वारा कार बरामद
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले १९ लाख रुपैयाँ बराबरको कार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा बेवारीसे अवस्थामा रहेको भारतीय नम्बरको उक्त कार बरामद गरी भन्सार कार्यालय भैरहवामा बुझाएको हो ।

    सशस्त्र प्रहरीद्धारा सालको काठ बरामद
    रौतहट जिल्लाको वृन्दावन नगरपालिका ६ हरसाह स्थित एक मिलबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव १ लाख ३८ हजार रुपैयाँ बराबरकोसालको काठ बरामद गरेको छ । अबैध रुपले ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ७० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

    यसैगरी सोही जिल्लाको वृन्दावन नगरपालिका ६ ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव ३४ हजार रुपैयाँ बराबरको १७ क्यूफिट सालको काठ बरामद गरेको छ । २ वटा अटो रिक्सामा राखेर अबैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेकोे हो । बरामद काठ तथा अटो रिक्सा आवश्यक कारवाहीको लागि सब डिभिजन कार्यालय चपुरमा बुझाईएको छ । उक्त रिक्साको भन्सार मुल्य २ लाख रुपैयाँ रहेको छ ।