मंगलबार, कार्तिक १८ गते २०८३
images
images

खुकुरी प्रहार गरी हत्या गरेकाे आराेपमा चार जना पक्राउ

एक्सप्रेस पाना
मंसिर ३, २०७८ शुक्रबार
  • 334
    SHARES
  • खुकुरी प्रहार गरी हत्या गरेकाे आराेपमा चार जना पक्राउ

    मंसिर ३ मोरङ । खुकुरी प्रहार गरी रिजन दाहालको हत्या गरेकाे आराेपमा प्रहरीले चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार  पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र  एक १८ वर्षीय किशोर रहेका छन् । 

    images

    २८ कात्तिक राति खुकुरी प्रहारबाट गम्भीर घाइते स्थानीय बासिन्दा रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    images