मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्तो छ आजको मौसम ? यसो भन्छन् माैसमविद्

एक्सप्रेस पाना
मंसिर ४, २०७८ शनिबार
  • 418
    SHARES
  • कस्तो छ आजको मौसम ? यसो भन्छन् माैसमविद्

    मंसिर ४ काठमाडौं । तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अबर सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन ।

    images

    अब कहिलेबाट माैसममा सुधार हुन्छ ? न्युज कारखानाले माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरलाई साेधेकाे छ । जवाफमा उनले भनिन्, 'निम्न चापीय प्रणालीकाे असर आज रातिसम्म देखिन्छ, भाेलिबाट माैसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन ।' हिउँदयाममा बदली, तुवाँलाेकाे समस्या बढ्दै जाने उनले बताइन् ।

    बिहान काठमाडाैं उपत्यकामा हल्का घाम लागे पनि दिउँसाे फेरि बदली हुने आँकलन महाशाखाले गरेकाे छ ।  'प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेकाे छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,' उनले भनिनन्, ' तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।' बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ ।

    images