मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 433
    SHARES
  • विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ

    मंसिर ५ पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकाबाट मंसीर ३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ८ बस्ने १७ बर्षिया सुजु लामालाई पक्राउ गरेको छ
    ।

    images

    भारतबाट नेपालतर्फ आउँदै गरेकी लामालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ५७ वटा, फेनारागन ५७ वटा डाईजेपाम ५७ वटा र ईन्जेक्सन २ थान फेला पारेको हो । पक्राउ परेकी लामालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

    सशस्त्र प्रहरीद्वारा औषधी बरामद
    पर्सा जिल्लाको वीरगंज महानगरपालिका ८ स्थित सीमा ईलाकाबाट मंसीर ३ गते सशस्त्र प्रहरीले २ लाख ३० हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो  ।

    images

    काठ बरामद
    कपिलबस्तु जिल्लाको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिका १२ स्थित सीमा ईलाकाबाट मंसीर ३ गते सशस्त्र प्रहरीले करीव २ लाख ८० हजार रुपैयाँ बराबरको सिसौको काठ बरामद गरेको छ । अबैध रुपले ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ७० क्यूफिट सिसौको काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विजयनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरपुर कपिलबस्तुमा बुझाईएको छ ।