मंगलबार, कार्तिक १८ गते २०८३
images
images

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एक जनाकाे अवस्था गम्भीर

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 436
    SHARES
  • डडेल्धुरामा ट्याक्टर दुर्घटना : एक जनाकाे अवस्था गम्भीर

    मंसिर ५ डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो।

    images

    सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए। ‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उनले भने। 

    घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

    images