मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : प्रदेश १ मा वर्षाकाे सम्भावना, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 369
    SHARES
  • आजको मौसम :  प्रदेश १ मा वर्षाकाे सम्भावना, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

    मंसिर ६ काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार प्रदेश १ , बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको को सम्भावना छ।

    images