मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 178
    SHARES
  • पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    मंसिर ८ पाँचथर । जिल्लाको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थयो ।

    images

    उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका-२ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।