मंगलबार, कार्तिक १८ गते २०८३
images
images

महासचिव नपाए अरू पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा 

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 337
    SHARES
  • महासचिव नपाए अरू पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा 

    मंसिर ९ चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् । १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।  

    images

    महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।