मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जाजरकोटमा बस दुर्घटना ५ को मृत्यु २७ घाइते

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 231
    SHARES
  • जाजरकोटमा बस दुर्घटना ५ को मृत्यु २७ घाइते

    मंसिर १२ बाँके । जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

    images

    जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटनामा परेको हो ।

    बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परकाे सडकमा दुर्घटनामा परेको हो । मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन। बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    images