मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 182
    SHARES
  • विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ

    मंसिर १२ काठमाडौं । कैलाली जिल्लाको भजनी नगरपालिका ३ भ्यूटावर स्थित सीमा ईलाकाबाट मंसीर ९ गते सशस्त्र प्रहरीले ३ ग्राम ब्राउन सुगर र ४ वटा नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दगोरीया गाउँपालिका १ बस्ने १८ बर्षिय साहील ठाकुर र सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ४ विजौरा बस्ने १८ बर्षिय रमेश बुढाक्षेत्री छन् ।

    images

    लु ८१ प ५००३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

    पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा  मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको सशस्त्र प्रहरीले मंसीर ९ गते विभिन्न किसिमका लागूऔषधहित सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ बनैनियास्थित सीमा ईलाकाबाट एक जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा सोही गाउँपालिका ४ बेल्ही चपेना बस्ने २० बर्षिय सुरज कुमार मण्डल छन् ।  उनलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ९ वटा, स्पास्मो प्रोक्सिभन १ वटा र डाईलेक्स डिसी १ बोतल फेला
    पारेको हो । पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्धारा पक्राउ
    कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सीमा ईलाकाबाट मंसीर ९ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित सोहि जिल्लाको सैनामैना नगरपालिका ९ बस्ने ४४ बर्षिय पर्शुराम पराजुलीलाई पक्राउ गरेको छ ।

    भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

    सशस्त्र प्रहरीद्वारा थे्रसर मेसीन बरामद
    झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित घेराबारीबाट मंसीर ८ गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको थे्रसर मेसीन बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त थे्रसर मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको
    हो । बरामद थे्रसर मेसीन भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ ।