मंगलबार, कार्तिक १८ गते २०८३
images
images

खोटाङको सुर्केमा फोरजी इन्टरनेट चल्छ तर फोन चल्दैन

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 228
    SHARES
  • खोटाङको सुर्केमा फोरजी इन्टरनेट चल्छ तर फोन चल्दैन

    मंसिर १४ खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के)मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए ।

    images

    गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थाले पनि फोन भने नलाग्ने भएको स्थानीयको दुखेसो छ । विशेषगरी बिहान बेलुका सुर्के आसपास फोन लाग्न छाडेको उनीहरूको भनाइ छ । 

    टेलिकमको टावरमा चढ्छन् स्थानीय 
    वर्ष दिनअघि बनेको नेपाल टेलीकमको टावर वरपर लगाइएको घेरा बारामा चाबी नहुँदा कतिपय स्थानीय टावरमा चढ्ने गरेका छन् । विद्युत जडान गरिएपछि टावरमा चढ्ने स्थानीयलाई करेन्ट लाग्ने खतरा जाखिम बढेको छ । घुमफिरमा जाने स्थानीय टावरमा चढेर समिता हेर्ने गरेका छन् ।

    images

    कतिपय मानिस मादक पदार्थ सेवन गरेर समेत रमाइलो गर्न टावरमा चढ्ने गरेको स्थानीयले बताए ।