मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अछाममा बस दुर्घटना :दुई जनाको ज्यान गयो

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 142
    SHARES
  • अछाममा बस दुर्घटना :दुई जनाको ज्यान गयो

     मंसिर १४ अछाम।अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    दुर्घटनामा परी मंगलसेन नगरपालिका-१४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका-१ बस्ने २१ बर्षीय एकेन्द्र थापाको ज्यान गएको प्रहरीको भनाइ छ । 

    प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    images