मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 196
    SHARES
  • लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

    मंसिर १४ महोत्तरी। महोत्तरीको सम्सीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने  शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

    images

    भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    बालकको साथबाट चार पत्ता नाइट्रोभेट ९६( पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस)ट्याब्लेट बरामद भएको छ ।

    images

    बालकलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।