मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विवाहको बाजाले ६३ चल्ला मारिएपछि किसानले दिए आयोजकविरुद्ध उजुरी

एक्सप्रेस पाना
मंसिर १५, २०७८ बुधबार
  • 306
    SHARES
  • विवाहको बाजाले ६३ चल्ला मारिएपछि किसानले दिए आयोजकविरुद्ध उजुरी

    -एजेन्सी

    images

    मंसिर १५ उडिसा। भारतमा विवाहको परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएको एक व्यक्तिले गुनासो गरेका छन् । सन्दर्भ  यसै साताको ‌अ‍ाइतबारको पूर्वी उडिसा राज्यमा भएको घटना हो । 

    विवाहमा चर्को अ‍ावाज बजाउँदा कानको जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेको किसान रन्जित कुमार परिदाले अ‍ारोप लगाएका छन् । बाजा बजाउने मानिसहरुलाई बाजको अ‍ावाज सानो बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन् ।  विवाहमा निकै चर्को अ‍ावाजमा बाजा बजाइएको थियो । उनले भने । अ‍ाफूले सम्झाउदा बेहुलीका साथीहरुले झनै थर्काएको उनले गुनासो गरे । 

    images

    क्षतिपूर्तीको माग गर्दै उनले विवाह अ‌ायोजकविरुद्ध उजुरी गरेका छन् । एक पशु चिकित्सकले ह्दयघात भएर चल्ला मरेको बताएका छन् ।

    जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्को अ‍ावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन् । चर्को संगीत वा अकस्मातको उत्तेजना र चोटले चराचुरुङ्गीको जैविक चक्रमा असर गर्छ,  उनले भने । 

    यसैबीच प्रहरीले दुबै पक्ष मिलेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।