मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लोहारपट्टीकी ३४ वर्षीया महिला मृत फेला

एक्सप्रेस पाना
मंसिर १५, २०७८ बुधबार
  • 157
    SHARES
  • लोहारपट्टीकी ३४ वर्षीया महिला मृत फेला

    मंसिर १५ महोत्तरी। लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोहारपट्टी बजारनजिकै फेला पारिएको हो । उनी स्थानीय सुरेन्द्र मण्डलकी श्रीमती रुबी मण्डल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    images

    उनको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक रुबीको शवलाई  घटनास्थल मै राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय प्रमुख दिनेश आचार्यले जानकारी दिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको पन्जाबमा छन् ।