मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माैसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा हिमपातकाे सम्भावना

एक्सप्रेस पाना
मंसिर १८, २०७८ शनिबार
  • 189
    SHARES
  • माैसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा हिमपातकाे सम्भावना

    मंसिर १८ काठमाडौं । पछिल्लाे तीन दिनदेखिकाे प्रतिकूल माैसममा क्रमश:सुधार हुँदै जाने भएकाे छ ।पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजाेर बन्दै गएकाे याे । यी माैसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडाैं उपत्यकामा हल्का वर्षा भएकाे थियाे । 

    images

    शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।  राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    images