मंसिर २० काठमाडौं । श्री पशु स्वास्थ्य तथा डग हैण्डलर उप–शाखा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय काठमाडौंमा मंसीर १९ गतेदेखि ‘सि.सं २ आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन डग टे«निङ’ संचालन भएको छ । प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक ई. नानीराम हुमागाईले सोही कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
त्यसअवसरमा उहाँले डग तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै विभिन् समयमा जटिल अनुसन्धानमा तालिम प्राप्त डगको सहयोगमा महत्वपुर्ण कार्यसम्पादन गर्न सफलता प्राप्त भएको स्मरण गर्नुहुँदै यस्ता तालिमले भविष्यमा हुनसक्ने विभिन्न अपराधजन्य क्रियाकलापहरुको रोकथाम तथा भि.आई.पि., भि.भि.आई.पि सुरक्षाको बेला उत्कृष्ट कार्यसम्पादनमा समेत
सघाउपुग्ने बताउनुभयो ।
सो तालिमका प्रशिक्षार्थीहरुलाई डगको ईतिहास, वेशिक ओविडेन्स, क्यानल व्यवस्थापन, हाउस मेरिङ्ग, भेटेनरी, आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन, मानव अधिकार लगायत ग्राउण्ड सर्च, एरोप्लेन सर्च, बिल्डीङ्ग सर्च, भेहिकल सर्च, आर्टिकल सर्च, ह्यूम्यान बडिसर्च आदि विषयमा प्रशिक्षण गरिने कुरा त्यसैअवसरमा जानकारी गराईएको थियो । १२ हप्ता अवधिको उक्त तालिममा २९ जना बिल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
गाँजा बरामद
बारा जिल्लाको सुर्वण गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव ६४ के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा सशस्त्र प्रहरील बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीका लत्ताकपडा तथा बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले २ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन थापाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला उक्त दुईवटै मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको कमाण्डमा खटिएको टोलीले मंसीर १९ गते करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
शव फेला : झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका २ आँपगाँछी स्थित कमल खोलामा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंसीर १९ गते फेला पारेको छ । सोही जिल्लाको झापा गाउँपालिका १ बस्ने ४९ बर्षिय भिम सोरेन मंसीर १८
गते माछा मार्ने क्रममा डुवेर वेपत्ता भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपगाँछीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो
.jpg)


