मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, हिमपात पनि हुने

एक्सप्रेस पाना
मंसिर २१, २०७८ मंगलबार
  • 223
    SHARES
  • प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, हिमपात पनि हुने

     

    images

     मंसिर २१ काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र बागमतीका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    images

    प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

    राति प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।