मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : प्रदेश १ मा हल्का वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
मंसिर २२, २०७८ बुधबार
  • 489
    SHARES
  • आजको मौसम : प्रदेश १ मा हल्का वर्षाकाे सम्भावना

    मंसिर २२ काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ ।

    images

    दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका  एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली रहनेछ । बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    images

    देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,' महाशाखाले भनेकाे छ ।