मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

एक्सप्रेस पाना
मंसिर २२, २०७८ बुधबार
  • 201
    SHARES
  • मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

    मंसिर २२ उदयपुर । त्रियुगा नगरपालिका–११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका– ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । 

    images

    असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दास घाइते भएका थिए । उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१३ असारी राई चोकका २९ वर्षीय विरेन राई समेत घाईते भएका छन् । उनको पनि न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । 

     

    images