मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जन्ती बाेकेकाे बस दुर्घटना : चालककाे मृत्यु, आठ जना गम्भीर घाइते 

एक्सप्रेस पाना
मंसिर २६, २०७८ आइतबार
  • 290
    SHARES
  • जन्ती बाेकेकाे बस दुर्घटना : चालककाे मृत्यु, आठ जना गम्भीर घाइते 

    मंसिर २६ सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ ।

    images

    जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

    दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् ।  घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ ।

    images

    बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतको सनाखत हुन बाँकी  छ ।बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे ।