बुधबार, कार्तिक १९ गते २०८३
images
images

नाछिरिङ समुदायको मुन्धुम घर निर्माण सुरू

एक्सप्रेस पाना
मंसिर २६, २०७८ आइतबार
  • 241
    SHARES
  • नाछिरिङ समुदायको मुन्धुम घर निर्माण सुरू

    मंसिर २६ खोटाङ । काठमाडाैंमा किराँत रदु नाछिरिङ साखाम केन्द्रको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरू गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया/उत्तरवाहिनीमा साढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको हो ।

    images

    दुई करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा निर्माण हुने  गरी काम थालिएकाे हाे ।  ८२ लाख ९७ हजार ९२५ रुपैयाँमा ६ आना जग्गा खरिद गरेर रिदुम खिम निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्षभित्र एक तला फिनिसिङ गरिने किराँत रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धिव किरातीले बताए । 

    पूर्वी नेपालमा बसोबास गर्ने नाछिरिङ समुदायले आफ्नो सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रवर्द्धनका लागि रिदुम खिम निर्माण सुरू गरेको हो । चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माण कार्य सम्पन्न  गरिने केन्द्रले जनाएको छ ।

    images