मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु

एक्सप्रेस पाना
मंसिर २६, २०७८ आइतबार
  • 392
    SHARES
  • दाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु

    मंसिर २६ दाङ । दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन ।

    images

    राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकाहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए ।

    जीप सडकबाट करिब २ सय मिटर तल खेतमा खसेको छ । जीपमा १३ जना यात्रु रहेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

    images