मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 410
    SHARES
  • चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद

    मंसिर २८ काठमाडौं । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट मंसीर २७ गते सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो ।

    images

    त्यसबेला उक्त गाडी समेत बरामद गरिएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य ५ लाख रुपैयाँ रहेको छ । बरामद लत्ताकपडा तथा गाडी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।