मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 377
    SHARES
  • चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

    मंसिर २८ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ । पालिकाको खरिद र भुक्तानीमा अनियमितता गरेको आरोप अख्तियारमा परेको थियो । सोही अनुरुप नगरपालिकामा टोलीले छापा मारेको हो । 

    images

    टोली बिहान ११ बजे नै नगरपालिकामा पुगेको र दिउँसो साढे ४ बजे निस्केको थियो । करिब ५ घण्टाको बसाईमा नगरपालिकाको शाखागत रुपमा कागजातहरू अख्तियारले नियन्त्रणमा लिएको छ । 

    अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार पाँच लाखभन्दा बढीको खरिद र भुक्तानीमा अनियमितता भएकोले छापा मारिएको हो । सो विषयमा थप अनुसन्धान गर्न बाँकी रहेको उनले जनाए । 

    images

    टोली भोली पनि पुनः नगरपालिकामा कागजात अध्ययनको लागि आउने छ । यससँगै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि टोलीले छापा मारेको अख्तियारका प्रवक्ता रिसालले बताए ।न्युज कारखाना