मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भण्डारी दम्पती जाे दैनिक पाँच सय कप चिया बेच्छन्

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 246
    SHARES
  • भण्डारी दम्पती जाे दैनिक पाँच सय कप चिया बेच्छन्

    मंसिर २९ जुम्ला । चन्दननाथ नगरपालिका-२ का ६७ वर्षीय काशीराम भण्डारीले चिया पसलबाटै मनग्ये आम्दानी गरिरहेका छन्। भण्डारी दम्पतीले झन्डै २० वर्षदेखि चिया पसल सञ्चालन गर्दै आएकाे छ । उनीहरू नगरपालिकामै प्रेरणाको स्रोत बनेका छन् । चिया पसलकाे कमाईबाटै उनले छोरीलाई अनमी पढाएका छन् । 

    images

    उनको पसलमा चिया खान ग्राहकको भिड लाग्ने गरेको छ । एक दिनमा पाँच सयभन्दा बढी कप चिया बिक्री हुने गरेको भण्डारीले बताए । चिया खान ग्राहकहरू झिसमिसेमै आउने गरेकाे उनी बताउँछन् । दैनिक ६० लिटर बढी दूधको चिया पकाउने गरिएको  उनले सुनाए ।

    चिया पसलकाे कमाईबाटै स्याउ बगैंचा स्थापना गरेकाे भण्डारीले बताए । बगैंचामा उत्पादित स्याउबाट वर्षेनी एकदेखि डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको उनकाे भनाइ छ ।  पछिका लागि भनेर भण्डारी दम्पतीले दैनिक एक सय ५० रुपैयाँ बचत गर्ने गरेका छन् ।  चिया पसलकाे कमाईले कान्छी छोरीलाई अनमी पढाएको र अन्य छोराछोरीलाई पनि सहयोग गरिरहेको देवीकन्या भण्डारीले बताइन् ।न्युज कारखाना

    images