मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु, आठ घाइते

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 271
    SHARES
  • मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु, आठ घाइते

    मंसिर २९ काठमाडौं । सूर्योदय नगरपालिका-७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्  ।दिउँसो साढे ३ बजे मे१ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो । 

    images

    घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । सो क्रममा माईजोमाई गाँउपालिका(४ का ७६ बर्षीय रामप्रसाद तिमसिना र माईजोमाई(३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।