मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सडक निर्माण सक्नु पर्ने बेला बल्ल सुरू

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 414
    SHARES
  • सडक निर्माण सक्नु पर्ने बेला बल्ल सुरू

    पुस १ धनगढी । कैलालीको गोदावरी नगरपालिका अन्तर्गतकाे ओलानी-चौकीडाँडा सम्मको ‘बान्द्रखोला’ सडक निर्माण यतिबेला सम्पन्न हुने बेला भइसक्नु पर्ने हाे । सम्झौताअनुसार १७ माघ ०७८ भित्र ठेकेदारले सडक निर्माण गरिसक्नु पर्ने थियाे । तर, ठेकदार भने सम्झाैताविपरित यही मंसिर अन्तिम साताबाट बल्ल सडक निर्माण सुरू गरेको छ ।

    images

    सम्झौताकाे १४ महिनापछि सडक निर्माण सुरू भएकाे गोदावरी नगरपालिका-११ का वडा अध्यक्ष शिव विकले बताए । ‘सरकारी निकायलाई पटक पटक जानकारी गराउँदा पनि ठेकेदार कम्पनीलाई समयमै काममा लगाएनन्,’ वडा अध्यक्ष विकले भने, यही माघमा सक्नुपर्ने काम मंसिरबाट मात्रै सुरु भएको छ ।’

    ढिलो गरी सुरु भएका कारण निर्धारित समयमा काम सम्पन्न नहुने उनले बताए । प्रदेश सरकार भौतिक मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय र एड्भेन्चर, गेगिङ, सन्लाइट जेभीबीच सडक निर्माणका लागि १८ भदाै ०७७ मा भएको सम्झौता अनुसार १७ मा३ ०७८ भित्र सडक निर्माण गरिसक्नु पर्नेछ । तर, मंसिरमा मात्रै ठेकेदार कम्पनीले काम सुरु गरेको वडा अध्यक्ष विकले बताए । 

    images

    समयमै काम सुरु नहुनुमा ठेकदारसँगै प्रदेश सरकार पनि दोषी भएकाे विकले बताए । ‘सडकको ठेक्का सम्झौता भएर काम सुरू नभएपछि ठेकेदारलाई ताकेता गर्न भन्दै मैले दुई पटक पूर्वाधार विकास कार्यालयलाई पत्र पठाएको थिए,’ उनले भने, ‘तर सरकारी कार्यालयले बेवास्ता गरे, ठेकदार कम्पनी सम्पर्क मै आएनन् ।’न्युज कारखाना 

    पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख जगतप्रसाद जोशीले अब सडक निर्माण सुरु भएको बताए । ‘ठेकदार कम्पनीले काममा तदारुकता नदेखाएपछि कारवाही गर्ने चेतावनी दिइएका थियौं,’ जोशीले भने, ‘अहिले बल्ल कामअघि बढाएको छ, कहिले काम सकिन्छ थाहा छैन ।’ 

    उनका अनुसार १७ महिनामा काम सम्पन्न गर्नुपर्ने गरी पाँच करोड ८४ लाख बजेटमा बान्द्रेखोला सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । ‘सम्झौताअनुसार अहिले सडक निर्माण अन्तिम चरणमा हुनुपर्ने हो,’ उनले भने, ‘तर त्यो हुन सकेन, अब जतिसक्दो छिटो काम सक्ने गरी निर्माण कम्पनीलाई दबाब दिने छौं ।’ याे सडक २३ सय मिटरकाे  छ । आफू भर्खरै आएको बताउँदै जोशीले कार्यालय आउनासाथ ‘बान्द्रखोला’ सडक निर्माणलाई प्राथमिकता दिएको प्रष्टाए । ‘म कार्यालयमा आउनासाथ रोकिएका काम सुचारु गराउन पहल गरिरहेकाे छु,’ उनले भने, ‘धेरै काम सुचारु भएका छन्, केही काम सुरु हुँदैछन् ।’

    उनले कैलालीको चौमालास्थित चौमाला खोलामा पुल निर्माणका लागि ठेक्का भएको एक बर्षसम्म काम सुरू हुन नसकेकाे र अब त्याे काम पनि सुरू गर्न पहल भइरहेकाे बताए । ‘असार ०७७ मा ठेक्का भएको पुल निर्माण अझै सुरू भएको रहेन छ,’ कार्यालय प्रमुख जोशीले भने, ‘अहिले ठेकेदारलाई सम्पर्क गरेर तत्काल काम अघि बढाउन भनेको छु, काम नगरे  कारवाही गरिनेछ ।' ६० मिटर लामो सो पुल निर्माणको ठेक्का यूपी कन्ट्रक्सनले पाएको थियो । २०८० सालसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल निर्माणका लागि सात करोड २४ लाखमा ठेक्का सम्झौता भएको थियो ।न्युज कारखाना