मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पर्यटकीय गन्तव्य बन्दै दलचोकी

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 268
    SHARES
  • पर्यटकीय गन्तव्य बन्दै दलचोकी

    पुस २ काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेको दलचोकी पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय काठमाडौं उपत्यकावासीसहितका पर्यटकहरू दलचोकी पुग्ने गरेका छन् । 

    images

    सातदोबाटोबाट २३ किलोमिटर दूरीमा रहेको दलचोकीबाट काठमाडौं उपत्यकासहित उत्तरी क्षेत्रमा रहेका हिम श्रृंखलाहरू देखिन्छ । हेटौँटासहित तराई क्षेत्रसमेत देख्न सकिने गरी भ्युटार बन्दै गरेको दलचोकीमा होमस्टेको समेत सुविधा भएपछि आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यस्थल बनेको हो । 

    हाइकिङका लागि निकै उपर्युक्त मानिएको दलचोकीमा विभिन्न रोगको प्राकृतिक विधिबाट उपचार गर्ने निरोधाम केन्द्रसमेत रहेको छ । सागशब्जी र दूधका लागि निकै चर्चित रहेका दलचोकीलाई काठमाडौं उपत्यकाको भेडेटार नामले चिनिने गरेको छ । 

    images