मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज कहाँकहाँ वर्षा र हिमपातकाे सम्भावना ?

एक्सप्रेस पाना
पौष ३, २०७८ शनिबार
  • 380
    SHARES
  • आज कहाँकहाँ वर्षा र हिमपातकाे सम्भावना ?

    पुस ३ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

    images

    माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    images