मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज लिम्बु समुदायले चासोक तङनाम मनाउँदै

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 260
    SHARES
  • आज लिम्बु समुदायले चासोक तङनाम मनाउँदै

    पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीको रुपमा पनि लिईन्छ । लिम्बु समुदायको आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम आर्थत ९न्वागीपुजा० पनि एक हो । पाकेको अन्नबाली प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ ।

    images

    लिम्बु समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउछन । लगाएको अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाइन्छ ।

    तेह्रथुम लगायत पूर्वका विभिन्न जिल्लाहरुमा लिम्बु समुदायले विविध कार्यक्रम गरि धुमधामका साथ  चासोक तङनाम मनाई रहेका छन्  ।  चासोक तङनाम पछिल्लो समय सामुहिक रुपमा सुख र दुस्ख बाँड्ने पर्वको रुपमा मनाउन थालिएको तुलसी तिगेला बताउँछन् ।

    images

    पर्वको अवसरमा लिम्बु समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो र धनुकाँड हान्नेलगायतका लोपन्मुख खेलसमेत सञ्चालन गरिन्छ ।

    तागेरा निङवाफुमाङलाई अन्नबाली चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बु समुदायका अभीयान्ता दिल पाक्साँवा बताउँछन ।

    पछिल्लो समय लिम्बु समुदायले आफ्नो भाषा, लिपी र संस्कृतिको  संरक्षणमा चासो दिन थालेको पाइन्छ । पर्वहरुले सबै नागरिकहरुलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाल बताउँछन् ।

    पूर्वी नेपाललगायत देश भित्र र बाहिर रहेका लिम्बुहरुले चासोक तङनामलाई हर्ष उस्लासका साथ मनाउन थालेका छन । यो  पर्वको अवसरमा  सरकारले  स्थानीय बिदा दिएको छ ।न्युज कारखाना