मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दुई समूहबीच छुरा हानाहान, एकको मृत्यु

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 169
    SHARES
  • दुई समूहबीच छुरा हानाहान, एकको मृत्यु

    पुस ४ काठमाडौं । शनिबार राति युवाहरूको दुई समूहबीच भएको छुरा हानाहानमा सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय रामकुमार सदायको उपचारका क्रममा मृत्यु भएको छ। सोही ठाउँका १८ वर्षीय निकेश सदाय घाइते छन्।

    images

    छातीसहित शरीरका विभिन्न भागमा छुरा प्रहारबाट गम्भीर घाइते रामुकमारको आरके मेडिसिटी अस्पताल धनगढीमाईमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। निकेशको सोही अस्पतालमा उपचार भइरहेको छ।

    घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयहरूले पूर्वपश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन्।

    images