मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्ताे छ आजकाे माैसम ?

एक्सप्रेस पाना
पौष ५, २०७८ सोमबार
  • 214
    SHARES
  • कस्ताे छ आजकाे माैसम ?

    पुस ५ काठमाडौं । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ । 

    images

    मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ । राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।