मंगलबार, कार्तिक १८ गते २०८३
images
images

योमरी पुन्हीमा रमाए नेवा : सुन्दरी

एक्सप्रेस पाना
पौष ५, २०७८ सोमबार
  • 552
    SHARES
  • योमरी पुन्हीमा रमाए नेवा : सुन्दरी

    पुस ५ काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन् । प्रतियोगिता आयोजक नेप्लिज फेसन होममा भेला भएर योमरी बनाउन रमाएर सिक्दै योमरी पुन्ही दिवस मनाएका हुन् ।

    images

    उनीहरूले आफूहरूले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर चाड मनाउने प्रतिबद्धता जनाएका थिए ।

    संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवार चाड पर्वमध्येको महत्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको बताइन् । उनले योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरूले ‘मिस नेवाः’हरूलाई हरेक वर्षझैं यस वर्ष पनि योमरी बनाउन सिकाएको जनाइन् ।

    images

    कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक अशोककुमार श्रेष्ठ, ‘मिस नेवाः’हरु सुनीता डंगोल, नीतु डंगोल, कृषा महर्जन, प्रिया तण्डुकार, ‘मिस लिटिल नेवाः’ आर्या श्रेष्ठ, रिकृष्णा डंगोल, प्रकृति महर्जन, नयना शाक्य, इभान जोलिना महर्जन, तिसा तण्डुकार, वितिषा कंसाकारलगायतको उपस्थिति थियो ।