मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

एक्सप्रेस पाना
पौष ५, २०७८ सोमबार
  • 214
    SHARES
  • बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

    पुस ५ काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।

    images

    कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो निभाउन दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।