मंगलबार, कार्तिक १८ गते २०८३
images
images

टेको लगाइएको पुल भाँच्चिदा टिपर चालकको मृत्यु

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 221
    SHARES
  • टेको लगाइएको पुल भाँच्चिदा टिपर चालकको मृत्यु

    पुस ६ ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो ।

    images

    पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाकाे ज्यान गएकाे महानगरीय प्रहरी वृत्त चापागाउँका  सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियाे ।

    घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिगएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    images