मंगलबार, कार्तिक १८ गते २०८३
images
images

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 145
    SHARES
  • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    पुस ७ सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मङ्गलबार पाँचखपन नगरपालिका-३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो ।

    images

    प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

    यस्तै मङ्गलबार खाँदबारी नगरपालिका-११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ ।

    images