मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सडककाे ट्याक खाेल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 247
    SHARES
  • सडककाे ट्याक खाेल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी

    पुस ९ जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक  खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेकाे छ । अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएकाे मेयर गोरखबहादुर केसीले जानकारी दिए ।

    images

    आठबीसकोट-३ मा रहेको डोजरलाई हेलिकोप्टरबाठ ढुवानी गरेर वडा नम्बर १ मा लगिएकाे हाे । श्रमिक प्रयाेग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए ।

     आठबीसकाेट-३ खदीसम्म सडकको अस्थायी ट्याक खुलेको छ । तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो । सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसाे हुने गर्छ ।

    images

    वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ ।

    Avatar