मंगलबार, कार्तिक १८ गते २०८३
images
images

करीब ७० केजी गाँजा बरामद

एक्सप्रेस पाना
पौष १०, २०७८ शनिबार
  • 183
    SHARES
  • करीब ७० केजी गाँजा बरामद

    पुस १० सिरहा । जिल्लाको औरही गाउँपालिका १ स्थित सीमा ईलाकाबाट पौष १० गते सशस्त्र प्रहरीले करीव ३० केजी गाँजा बरामद गरेको छ ।

    images

    नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो । यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ स्थित कोशी बादबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ४० केजी गाँजा बरामद गरेको छ ।

    सोही ठाउँमा परालको कुन्यूमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको हो ।

    images