मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 429
    SHARES
  • चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

    पुस १२ काठमाडौं । रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ स्थित सीमा ईलाकाबाट पौष १२ गते सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा सुर्ती बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणले बरामद गरेको हो ।

    images

    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाले पौष ११ गते करीव २ लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना सामान तथा सुर्ती बरामद  गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।