मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम  वर्षा र हिमपातको सम्भावना

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 241
    SHARES
  • आजको मौसम  वर्षा र हिमपातको सम्भावना

    पुस १३ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    images

    उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

    images

    बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।