मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अग्निपीडितलाई नगद सहयोग

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 305
    SHARES
  • अग्निपीडितलाई नगद सहयोग

    पुस १३ मुगु । मुगुका आगलागी पीडितलाई नगद आर्थिक सहयोग गरिएको छ । कर्मथलो स्पेनको आलबिरमा बसोबास गर्दै आएका छायानाथ रारा नगरपालिका-१३ का समाजसेवी अक्कल बोहराको अगुवाइमा मुगुका अग्निपीडितलाई नगद आर्थिक सहयोग गरिएको हो । 

    images

    सोमबार जिल्ला प्रशासन कार्यालयको रोहबरमा अग्निपीडित आर्थिक सहयोग गरिएको जनाएको छ । आगलागीबाट पूर्णरुपले क्षति भएका सदरमुकाम गमगढीको तल्लो बजारका १८ घरधुरीलाई आर्थिक सहयोग गरिएको छ । 

    आगलागीबाट पूर्णपुरले क्षति भएका १८ घरलाई प्रतिघर २० हजारका दरले सहयोग गरिएको समाजसेवी अक्कल बोहराले बताए । त्यस्तै २४ जना व्यवसाय गरेर बसेकालाई प्रति घर ३ हजारका दरले र ३३ जना बहाल र अन्य ५ जना लाई  १ हजारका दरले सहयोग नगद सहयोग गरिएको बोहराले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायव उपरीक्षक सुवास हमालद्वारा उक्त राहत वितरण गरिएको हो ।न्युज कारखाना 

    images