मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

एक्सप्रेस पाना
पौष १४, २०७८ बुधबार
  • 215
    SHARES
  • मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

    पुस १४ काठमाडौं । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला- ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी- ४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

    images

    प्रहरीका अनुसार दमक नगरपालिका- २ स्थित भाङवारिमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो।

    एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए। उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ।

    images