मंगलबार, कार्तिक १८ गते २०८३
images
images

र्‍यापर लाउरे पक्राउ : प्रहरी भन्छ- प्रारम्भिक अनुसन्धानमा उनी दोषी देखिए

एक्सप्रेस पाना
पौष १५, २०७८ बिहीबार
  • 453
    SHARES
  • र्‍यापर लाउरे पक्राउ :  प्रहरी भन्छ- प्रारम्भिक अनुसन्धानमा उनी दोषी देखिए

    पुस १५ पोखरा । चर्चित र्‍यापर आशीष राना उर्फ लाउरे लागुऔषधसहित पोखराबाट पक्राउ परेका छन् । न्युरोडस्थित एक घरबाट उनलाई पक्राउ गरिएको हो । ब्राउन सुगर प्रयोग गर्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

    images

    लाउरेसँगै चारजना पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनीहरूको साथबाट ब्राउन सुगर र अन्य लागुऔषध बरामद भएको बताइएको छ ।

    लाउरे युवा पुस्तामाझ लोकप्रिय छन् । ‘प्रहरी खटिएको थियो । सेवनको प्रयोजनका लागि कारोबार हुँदैछ भन्ने थाहा पायौं,’ उनले भने, ‘त्यही सूचनाका आधारमा पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ, प्रारम्भिक रूपमा उनी दोषी देखिए ।’

    images

    लाउरेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ । बिहीबार अदालत बन्द भएकोले मुद्दा अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । शुक्रबार लागुऔषध मुद्दामा म्याद थपेर अनुसन्धान थाल्ने कास्की प्रहरीले जनाएको छ ।