मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देशभर हुस्सु-कुहिराे, दिउँसाे यी प्रदेशमा हिमपातकाे सम्भावना

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 435
    SHARES
  • देशभर हुस्सु-कुहिराे, दिउँसाे यी प्रदेशमा हिमपातकाे सम्भावना

    पुस १६ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव  छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ । धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

    images

    दिउँसो देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

     प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ।  गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images