मंगलबार, कार्तिक १८ गते २०८३
images
images

यस्तो छ आजको मौसम

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 378
    SHARES
  • यस्तो छ आजको मौसम

    पुस २० काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल मुलुकको केही स्थानमा मौसम बदली रहे पनि अधिकांश भूभागमा सामान्यतया सफा रहेको छ । तर तराईका धेरैजसो भू-भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    आज बिहान काठमाडौं उपत्यकालगायत तराईका जिल्लाहरूमा हुस्सु तथा कुहिरो लागेको हो । यससँगै चिसो बढ्ने र तराईका जिल्लामा शीतलहर चलेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    आज दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागहरूमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको समेत रहेको छ ।

    images