मंगलबार, कार्तिक १८ गते २०८३
images
images

१७० लिटर घरेलु मदिरा नष्ट

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 250
    SHARES
  • १७० लिटर घरेलु मदिरा नष्ट

    पुस २० डोटी । जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैध रूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडक खण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाको ६०, लक्ष्मी गुरुङको ४५, अनिता बोगटीको ३० र वडा नं ६ बस्ने लक्ष्मी भण्डारीको ३५ लिटर गरी जम्मा १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

    images

    घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्ति सुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भई समुदायमै नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए  ।