मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रिय च्याउ उत्पादक किसान संघको बागमती प्रदेश केन्द्रिय उपाध्यक्षमा उमेश गौतम चयन

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 990
    SHARES
  • राष्ट्रिय च्याउ उत्पादक किसान संघको बागमती प्रदेश केन्द्रिय उपाध्यक्षमा उमेश गौतम चयन

    पुस २० काठमाडौं । राष्ट्रिय च्याउ उत्पादक किसान संघको बागमती प्रदेश केन्द्रिय उपाध्यक्षमा उमेश गौतम निर्वाचित भएका छन् । गत पुस १५-१६ मा सम्पन्न च्याउ उत्पादक किसान संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्पन्न भएको थियो । जसमा उमेश गौतम र्निवाचित भएका हुन् । उक्त सम्मेलनले ३५ जना कार्य समिति चयन भएको थियो ।

    images

    बैदेशिक रोजगारीमा ५ बर्ष विताएका गौतमले गरेका सामाजिक योग्दानहरु 
    - आफनै गाँउमा रहेको हाडिखोला हेल्थपोष्टलाई एम्बुलेन्स सहयोग गर्ने अभियानमा प्रवासी हाडिखोला बासिसँग समन्वय गरि एम्बुलेन्स खरिद अभियान सफल पारे ।

    - प्रवासमा रहेका युवाहरुको सकृय सहभागितामा हाडिखोला हेल्थपोष्टलाई भिडियो एक्सरे मेसिन खरिद अभियानमा सकृय भुमिका खेली अभियानलाई सफल बनाएका थिए । 
    - राष्ट्रिय आविष्कार केन्द्र महानिर्माण अभियानमा रु. एक लाख पाँचास हजार बराबरको रकम सङ्कलन गरि सहयोग गरे ।

    images

    - चितवनका दुवै मृगौला पिडित सरेश गुरुङलाई बचाउ अभियान चलाएर उपचार खर्च जुटाए ।
    - चितवनकै अर्की पिडित सगुन श्रेष्ठलाई स्तन क्यान्सर भई उपचार खर्च जुटाउन कठिनाई परिरहेको अवस्थामा साइप्रसमा रहेका नेपाली चेलीहरु, कोरियामा हुने प्रवासी साथिहरु र नेपालमा रहेका सहयोगि हातहरु सँग रकम सङ्कलन गरि सफल शल्यक्रिया गरि बिरामी बचाउन सहयोग पुर्याए ।

    - विभिन्न समयमा बाढिपिडित र दैविक प्रकोपमा परेकाहरुलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरे ।
    - लामिटार क्रियटिभ युथ ग्रुपको अध्यक्ष भई मकवानपुर जिल्ला मनहरि ३ लामीटारमा पोल पोलमा बत्ती र फोहोर व्यवस्थापनका लागि स्थानिय निकायसँग समन्वय गरि प्रवासमा रहेका युवाहरुको साथमा गाँउ उज्यालो बनाउने र सफा सुन्दर गाँउ बनाउन सकृय भुमिका निर्वाह गरे ।

    - गाँउमा हुने विकास निर्माणका काममा भइरहेको ढिलासुस्तिमा सम्बन्धित निकाएलाई खबरदारी गर्दै काम सुचारु गराउन पहल  गरेर युवाहरुलाई सकृय बनाउने कार्यमा निरन्तर लागि परे ।

    च्याउ खेतिका सम्बन्धमा राष्ट्रिय जागरण, त्यसले पारेका प्रतक्ष प्रभाव र दोस्रो राष्ट्रिय सम्मेलनले दिएको एक सन्देश

    च्याउ उत्पादक किसान सङ्घ नेपाल २०६१ सालमा स्थापना भई एक सङ्गठित संस्थाको रुपमा हालसम्म अघि बढ्दै आइरहेको छ । सङ्घले स्थापना कालदेखि नै च्याउ उत्पादन र बजारीकरणका सन्दर्भमा देखापरेका समस्या समाधानका लागि पहल गर्दै आएको छ ।

    मेचि महाकाली राष्ट्रिय च्याउ जागरण अभियान २०७६ ले अर्को फड्को मार्दै पौष १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रुपमा तत्कालीन बाग्मती प्रदेशका भुमि ,व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामा ज्युले प्रथम राष्ट्रिय च्याउ दिवस घोषणा गर्नुभएको थियो । उक्त मेचि महाकाली च्याउ जागरण अभियान पश्चात च्याउका सन्दर्भमा विभिन्न बहस,अन्तक्रिया गर्दै उपभोक्तालाई सचेत गराईएको थियो । साथै उक्त अभियानले च्याउ प्रति रहेको उपभोक्ताको दृष्टिकोणलाई परिमार्जन गर्दै च्याउ सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक छ भन्ने सन्देश प्रवाह गरेको थियो ।

    च्याउ किसानका समस्यालाई उजागर गर्दै लकडाउनका समयमा समेत भर्चुअल मिटिङबाट च्याउका समस्या,चुनौती र समाधानका विषयमा देशै भरिका कृषकहरुलाई समेटेर थुप्रै छलफल भएका थिए । च्याउ कृषकले भोग्नु परेका समस्याहरु जस्तै-दाउरा ,पराल ,बीउ विजन,ढुवानी, कृषि अनुदान ऋणबाट बन्चित हुनु, बिमा कम्पनिले बिमा नगरिदिने लगाएतका समस्या उजागर गर्दै पटक पटक छलफल भएका थिए । हरेक स्थानीय तहमा च्याउका सम्बन्धमा हेर्ने कृषि विशेषज्ञ नहुदा किसानले विभिन्न रोग किराका कारण बालीमा क्षति बेहोर्नुपरिरहेको अवस्था छ ।

    जागरण अभियान पश्चात ७ वटै प्रदेशका कृषि मन्त्रीहरु च्याउका बिषयमा सकारात्मक भएका थिए र च्याउलाई आफुले पोषणयुक्त खाद्य बालीका रुपमा राज्यले लगानी गर्ने उद्घोष गरेका थिए । उक्त जागरण अभियान पश्चात च्याउ नितिका सम्बन्धमा व्यापक छलफल गरि राष्ट्रिय च्याउ निति निर्माण गरिएको थियो । यति हुँदाहुँदै पनि प्रमुख १५ खाद्य बाली अन्तर्गत प्रधामन्त्री आधुनिकिकरण परियोजनामा च्याउ नसमेटिनु दुखको कुरा हो । बार्षिक ३ अर्ब रकम बराबरको कारोवार हुने च्याउ खेतिमा ३५ हजार व्यक्तिहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा रोजगार रहेको सङ्घको प्रारम्भिक अनुमान छ । हालसम्म सरकारले यस बिषयमा यकिन डाटा सङ्कलन भने गरेको छैन ।

    हालै बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न भएको सम्मेलनले जुझारु युवा किसानहरुको नेतृत्व पाएको छ । देशैभरिबाट च्याउ खेतिमा अब्बल युवा सङ्घको नेतृत्वमा गोलबन्द भएका छन् । सम्मेलनका क्रममा संघ स्वतन्त्र हुनु पर्ने माग जोडदार रुपमा उठेको थियो । च्याउ उत्पादक किसान सङ्घ एक स्वतन्त्र पेशागत सङ्गठन हो र यसले सबै किसिमका श्रमजिवी किसानका माग र मुद्दालाई समेटेर अघि बढ्नुपर्छ । देशैभरि स्वतन्त्र सङ्गठन भएकै कारण यस सङ्गठनमा किसानहरु गोलबन्द भएका छन् । हाल नवनिर्वाचित पदाधिकारिहरुले सङ्गठनलाई जोगाउन यस बिषयमा गम्भिर हुन जरुरी छ । स्वतन्त्र सङ्गठन नै भविष्यमा एक मजबुद शक्ति बन्ने निश्चित छ ।

    म उमेश गौतम हालै नवनिर्वाचित बाग्मती प्रदेश केन्द्रिय उपाध्यक्ष यस सङ्गठनलाई सदैव स्वतन्त्र सङ्गठनको रुपमा शिरोपर गरि किसानका समस्या ,माग र चुनौतीका बिषयमा आवाज उठाई सङ्गठन प्रति प्रतिबद्ध भई निरन्तर काममा लाग्ने प्रतिबद्धता गर्दछु ।मलाई भोट गरि जिताउने ७ वटै प्रदेशका किसान दाजुभाई दिदिबहिनीहरु र किसानका प्रतिनिधिहरुमा आभार व्यक्त गर्दछु । धन्यबाद।

    उमेश गौतम
    बाग्मती प्रदेश केन्द्रिय उपाध्यक्ष

     

     

    No description available.No description available.No description available.No description available.